जिशु कोइरालाको अभिनयमा ‘सल्लेरी पाखाहरू ” गीत बजारमा भिडियो सहित

गीत हरु बजारमा आउदै गर्दा सुरेन गौतमको स्वरमा रहेको गीत ‘सल्लेरी पाखाहरू’ सार्वजनिक भएको छ । विशाल पौडेलको संगीत रहेको गीतमा सुरेनकै शब्द छ । गीतको भिडियोमा दिक्पाल कार्की र जिशु कोइरालालाई फिचरिङ गरिएको छ ।

पिटर गुरुङको निर्देशन रहेको भिडियो दिपेन खड्काले छायांकन गरेका हुन् । विष्णुहरि तिमिल्सिनाको सम्पादन रहेको भिडियो सुरेन गौतम
म्युजिक युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

‘गीत र म्युजिक भिडियो दुवै अत्यन्त आकर्षक बनेको छ र दर्शक श्रोताको मन जित्नेमा दुइमत नरहेको गायक गौतमले बताए । लामो समयदेखि गीत संगीतमा सक्रिय गौतमका यसअघि पनि थुप्रै गीत सार्वजनिक भएका छन् ।

 

हेर्नुहोस भिडियो ।

 

प्रकाशित मिति : २०८० फाल्गुन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस