
उदाहरण नेपाल समुहको आयोजनामा घनश्याम अस्तित्वको कबिता संग्रह चिहान माथि महल बनाइरहेको मान्छेको बाचन र बहस कार्यक्रम दाङको घोराहीमा नेपाल पत्रकार महाशंघको हलमा समपन्न भएको छ।
वक्ताको रुपमा हिरामणि दूखी,सरिता देवकोटा र यज्ञ बहादुर डागी रहनु भएको थियो भने कार्यक्रमको सहजीकरण नबिन अभिलाषीले गर्नु भएको थियो । कार्यक्रममा साहित्यकार,कलाकार, समाजसेबी र संचारकर्मीको बाक्लो उपस्तिथी रहेको थियो ।
बाचन र बहसमा वक्ताहरुले पुस्तकको बारेमा आफ्नो आफ्नो तर्क राखेका थिय भने लेखकलाइ पुस्तकको बारेमा धेरैले प्रश्न समेत राखेका थिय।
पुस्तक विभिन्न पुस्तकालयमा उपलब्ध छ एक पटक खोजेर पढन लेखक घनश्याम अस्तित्वले अनुरोध गरेका छन् ।
प्रकाशित मिति : २०८० माघ २० गते शनिवार