चत्तुभुर्ज युवा क्लवको आयोजनामा रोल्पा र प्युठानको संगम स्थल चत्तुभुर्जमा पांचौं चत्तुभुर्ज महोत्सव हुने भएको छ। यहि माघ २८ गते देखि फागुन ०७ गते पांचौं चत्तुभुर्ज माण्डबि कृषि, पर्यटन ब्यापार र सांस्कृति महोत्सव २०८० हुने कार्यक्रम संयोजक श्यामलाल भारतीले जनाउनु भएको छ।
महोत्सवमा बिभिन्न कला र संस्कृति झल्किने झांकि प्रदर्शन, रोटे पिंङ , डुङ्गा, ब्यापारिक स्टल, कृषिसंग सम्वन्धित स्टल साथै दैनिक स्थानीय तथा राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने कार्यक्रम संयोजक श्यामलाल भारतीले जनाउनु भएको छ।
महोत्सवमा उद्योग, व्यापार, पर्यटन, स्थानीय कला संस्कृति तथा अन्य क्षेत्रका वस्तु उत्पादन प्रवद्र्धन गरिनेछ भने करिब २०० स्टल रहने महोत्सवमा विभिन्न स्थानीय उत्पादनका साथै अटोमोवाइल्स लगायतको प्रर्दशनी रहनेछ।
पाँचौं संस्करणका रुपमा आयोजना गर्न लागिएको सो महोत्सवमा १ लाख दर्शकको सहभागिता हुने र करिब रु १ करोडको कारोबार हुने अनुमान गरिएको छ ।
महोत्सवको तयारी तीव्र रूपमा भैरहेको आयोजक चत्तुभुर्ज युवा क्लवले जानकारी दिएको छ।