काठमान्डौं,
भारतको नयाँ दिल्लीमा भएको ईन्डो नेपाल सुजन म्युजिक अवार्ड– २०२३ मा स्याङ्जाका लोकप्रिय कलाकार शलिकराम भण्डारीले सङ्गीत क्षेत्रमा काम गरेको १६ बर्षको लामो सङ्घर्ष पछि सर्वोत्कृष्ट शब्द रचनाको पब्लिक च्वाईस अवार्ड पाउनु भएको छ ।
सुजन म्युजिक प्रालिले आयोजना गरेको अवार्डमा दर्शक तथा श्रोता मार्फत उहाँको निकै नै रुचाईएको “नौसय अशिको (९८०)”बोलको गीत सबैभन्दा उत्कृष्ट ठहरिएको हो ।
उहाँको सो गीतमा रचनाकार भण्डारीसँगै चर्चित गायकहरु खुमन अधिकारी, यज्ञ सापकोटा, अर्जुन सापकोटा, जय देवकोटा सुनिता वुढा मगर दर्सना तिरुवा सीता परियार लगायतको स्वर रहेको छ। भने सङ्गीत यज्ञ सापकोटाले गरेका छन।
अवार्डका लागि प्रतिश्पर्धामा रहेका गित मध्ये उहाँको गीतलाई सबैभन्दा धेरै दर्शक तथा श्रोताले मन पराएर अवार्ड प्रदान गरिएको आयोजकहरुले जनाएका छन् ।
सामाजिक, धार्मिक व्यक्तित्व भण्डारीले सो गीतमा सामाजिक विक्रितिका विरुद्धमा रमाईलो शैलीमा सचेतना जगाउने शब्दहरु लेख्नु भएको छ ।
कार्यक्रममा लाइफटाइम एचिप्मेन्ट अवार्ड वरिष्ठ गायक ईन्द्र जीसी, लोक संस्कृति जर्गेना अवार्ड ईन्द्रेणीका कृष्ण कंडेल, मौलिक गायक अवार्ड कुमार पुन र अन्तर्राष्ट्रिय कला सम्मान धुब्र राना मगरलाई प्रदान गरिएको थियो ।
त्यसैगरी नेपाली रेडियो नेटवर्कका कार्यक्रम प्रस्तोता राजकुमार रायमाझीलाई लोक पत्रकारिता सम्मान र पत्रकार प्रकाश बराईलीलाई कला पत्रकारिता सम्मान प्रदान गरिएको सुजन म्युजिककी अध्यक्ष जमुना रानाले जानकारी दिनु भयो ।