एकै दिनमा फरक – फरक जिल्लामा ६ जनाको मृत अवस्थामा फेला

दाङ -काठमाडौँ, चितवन, मोरङ लगायतका जिल्लामा सोमबार ६ जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँको कागेश्‍वरी मनोहरा नगरपालिका–६ मुलपानी घर भएका ३८ वर्षीय अमृत ढकाल आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए ।

चितवनको भरतपुर महानगरपालिका–४ भगवती टोल डेरा गरी बस्ने प्यूठान मालारानी नगरपालिका–४ घर भएकी ४२ वर्षीया झरना बैजाली पुन मगर आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन् भने मोरङको विराटनगर महानगरपालिका–६ रामपुर चोक बस्ने ४५ वर्षीय राजेश साहनी पनि आफ्नै घर नजिक मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै रूपन्देहीको सैनामैना नगरपालिका–६ बैकुण्ठपुर डेरा गरी बस्ने गुल्मी ईस्मा गाउँपालिका– ६ घर भएका ५५ वर्षीय थकारी कुमाल पनि आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन्

त्यसैगरी सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिन्चु बजारस्थित पेटीमा सोही नगरपालिका–४ बाहुनचौर बस्ने ४२ वर्षीय प्रेम परियार पनि मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।

त्यसैगरी जाजरकोट, बारेकोट गाउँपालिका–८ लैखम बस्ने ७५ वर्षीया धनी खत्री पनि सोही नगरपालिका–८ अँधेरीखोला भन्ने स्थानमा मृत अवस्थामा फेला परेकी हुन् ।

 

सबै घटनाका बारेमा आवश्यक अनुसन्धान भैरहेका प्रहरीले जनाएकोछ ।

प्रकाशित मिति : २०८० मङ्सिर २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस