
दाङ.
अर्घाखाँचीको शितगंगा नगरपालिका ८ मा हिजो बेलुका भएको ट्रक दुर्घटनामा परेर गम्भिर घाईते भएका थप एक जना चालकको पनि राति १२:५० मा मृत्यु भएको छ ।
साँझको ७:५० बजेको समयमा राप्ति पुल नजिकै पश्चिमबाट पुर्ब तर्फ बाट गिट्टि लोड गरेर जादै गरेको ना ६ ख २७३९ नम्बरको ट्रक अनियन्त्रित भई सडक छेउको खाल्डोमा पल्टिन गई दुर्घटना भएको थियो ।
मृत्यु हुनेमा सोही ट्रकका चालक नबलपरासि (पश्चिम) रामग्राम न.पा. १८ बस्ने वर्ष ३१ को संजय कुमार चौधरी बाँया खुट्टा भाचिएको र शरीरको अन्य भागमा पनि गम्भीर चोट लागेको अबस्थामा भालुवाङमा सामान्य उपचार गरी थप उपचारको लागि बुटवल जेरिस अस्पतालमा रिफर गरिएको थियो सोही अस्पतालमा राति उपचार गरिरहेकै क्रममा मृत्यु भएको छ भने सहचालकको रुपन्देही जिल्ला श्रिया गा.पा बस्ने २२ वर्षीय भोला कुर्मीको भालुवाङ अस्पताल दाङमा ल्याई उपचारको क्रममा हिजो नै मृत्यु भएको थियो ।