कस्तो होला प्रचण्ड फर्किएपछि आन्तरिक राजनीति अवस्था ?

काठमाडौं,

प्रचण्डको भ्रमण पछि आन्तरिक  राजनीतिमा कस्तो घटना क्रमहरु देखिन सक्छ ? यो कुरालाई केलाउने प्रयास गर्दैछु। प्रचण्ड, साताव्यापी लामो चीन भ्रमणमा त्यो पनि सोझैँ अमेरिकाबाट चीन प्रस्थान गरेका छन् । जुन पुर्णरुपमा असामान्य हो। यसले अहिलेको समय कति गहन छ भन्ने आंकल गर्न सकिन्छ।  हुन त, बिश्व राजनीतिको अवस्था र परिवेशलाई हेर्दा पनि, प्रचण्डलाई अमेरिकीहरुले बोकाएका एजेन्डाहरु चीन बिरोधि हुनु पर्छ। यसले गर्दा प्रचण्डलाई निकै अफ्ठ्यारो अवस्थामा पुर्याएको छ।

यता, प्रचण्डलाई आफ्नो सत्ता टिकाउन जरुरी छ।  आफ्नो सरकार ढ्ले, आउने सरकार उनीविरुद्ध लागि पर्ने छ। नयाँ समीकरणमा रास्वपाले प्रमुख भुमिका खेल्छ र भ्रष्टाचार विरोधिको एजेन्डा स्थापित गर्न लागि पर्नेछ। हेर्दा र सुन्दा राम्रो हो, र हुनु पर्ने पनि त्यहि हो, त्यसमा दुइमत छैन तर अहिले देशको अवस्थालाई बुझ्नु पर्ने हुन्छ। प्रचण्ड, यो अवस्थाबाट बच्नुपर्ने छ। यसैले आफूलाई  टिकाउन  चीन र भारतको साहारा लिनु पर्ने हुन्छ।

अहिले जुन तरिकाबाट पश्चिमेलिहरुले दक्षिण प्रशान्त क्षेत्रमा आफ्नो बर्चस्व स्थापित गर्न सुरु गरेका छन्, त्यसलाई हेर्ने हो भने, नेपाल आज चीनको लागि खतरा बनेको छ। चीन विरोधी एजेन्डा भएको हुनाले चीनले प्रचण्डलाई साथ दिनु पर्ने हुन्छ। अब, यता भारतर्लाई अलि अफ्ठ्यारो पर्ने देखिन्छ। मोदीले यसलाई कुन तरिकाबाट लानसक्छन् त्यो बुझ्नु पर्छ। यो बुझिराख्न जरुरी छ, कि अब केही महिनामा भारतमा चुनाव हुँदैछ र मोदीलाई हटाउन पश्चिमेलिहरु लागि परेकाछ्न्। जोज सोरोसले खुला रुपमा मोदी विरोधी अभिव्यक्ति दिएकाछ्न्। यो परिस्थितिले गर्दा मोदीले लिने निर्णयमा असर पर्छ।

मोदीले अमेरिकीहरुलाई फकाउन खोज्ने र अमेरिकीहरुले पनि सोही रुपमा आफ्नो पक्षमा ल्याउन कोसिस गरिरहेका छ्न्। चीनलाई मजबुत तरिकाले घेर्न भारत अति आवश्यक छ। नेटो प्लसमा  भारत सामेल भए चीनलाई दवाबमा राख्न सकिन्छ। दक्षिण प्रशान्तमा कुनै देशसँग आणविक हतियार छैन। यसैले भारत र पाकिस्तान अमेरिकीलाई चाहिन्छ। यस्ता धेरै परिस्थितिले गर्दा २०२४ मा भारत लगायत ताइवान र इन्डोनेसियामा हुने चुनावमा निकै गर्मागर्मी हुनेछ।

पहिलो बाटो, मोदीले अमेरिकालाई खुशी बनाउन, प्रचण्डलाई हटाउन सक्लान्। तर, यो गर्दा पनि अमेरिकाले मोदीलाइ हटाउन खोज्छ नै। मोदीले यो सबै चुनावको लागि गरेको भन्ने आकलन त अमेरिकाले पनि गर्छ। अमेरिकिलाई त सबै भन्दा उत्तम त काङ्ग्रेस आ.ई आए हुन्छ। त्यसैले गर्दा प्रचण्ड सरकार ढाल्न भन्दा जोगाउन उत्तम देखिन्छ। प्रचण्ड सरकार ढलेर नयाँ आउने सरकार, मोदी जितेर आए पनि घाँडो हुन्छ। यो अवस्थामा आइपुग्दासम्म देश पश्चिमीहरुको कब्जामा गैसकेको हुन्छ र भोलि पश्चिमीहरुसँग भिडन्त हुन सक्छ। निचोडमा भन्नू पर्दा मोदीले जे गर्नुपर्छ आफ्नो चुनाव अगाडी गर्नुपर्छ। यसो गर्नाले भोलि भारतमा काङ्ग्रेस आ.ई आए यो सरकार ढाल्नु पर्ने हुन्छ। यो अवस्थामा भित्री रुपमा चीन र भाजपाले जोगाउने प्रयास गर्छ।

यी सबै अवस्थालाई हेर्दा भारतले प्रचण्डलाई साथ दिनु बाहेक अरु बाटो रहेन र प्रचण्ड पश्चिमेलिहरुबाट बच्नु पर्ने हुन्छ। भारत र चीनले साथ दिएता पनि पश्चिमेलिहरुले विभिन्न तरिकाबाट प्रचण्डलाई ढाल्न खोज्छन्। यदि प्रचण्ड लगायत अहिले हालिमुहाली गरिरहेका नेताहरुलाई पन्छाउन पाए, लोकप्रिय नयाँ अनुहारलाई स्थापना गर्न सजिलो हुन्छ। नागरिकमा यो व्यवस्थाप्रति आशा जागाउन सफल हुन्छ। जनलहरको अगाडि अरुको केही लाग्दैन र आर्को लामो अन्तरालसम्म आर्को किस्सा सुरु हुन्छ।

पुराना नेताहरु जेल चलान गराए नयाँ अनुहारहरु झनै लोकप्रिय बन्छ। शिर्ष नेताहरु जेल परे उनीहरुको पार्टीमा नेतृत्वमा शुन्यता आउछ र पार्टी भित्र आन्तरिक संघर्ष सुरु हुन्छ। आर्थिक चलखेल गरेर भए पनि  चीन, भारत र पश्चिमीहरुले आफ्नो गुट बनाउन लागि पर्ने अवस्था हुन्छ। यो मौकाको फाइदा उठाउन पर्ने नै हुन्छ। यो अनिवार्य पनि हुन जान्छ। पश्चिमेलिहरुले पुर्ण रुपले कब्जा गरेको टुलुटुलु हेर बस्ने अवस्था आउँदैन। यसमा हाम्रो दुबै छिमेकीहरुको राष्ट्र सुरक्षा र स्वार्थका कुरा जोडिन आउँछ।

प्रचण्ड सरकार ढल्ने अवस्थामा पुगे  चीन र भारत हेरेर बस्ने कुरा आउँदैन। यसो हेर्दा पहिले जस्तो सरकार अदलवदल सजिलैसँग हुन सक्ने सम्भावना धेरै कम छ। प्रचण्डले आन्दोलन गर्ने घोषणा गर्नुको  कारण यो पनि हुनसक्छ। यो आन्दोलनलाई छिमेकिहरुले पनि साथ दिन्छन्। ढलेपछि आन्दोलन गर्न गाह्रो हुन्छ र यो अवस्थामा अरु पुराना नेताहरु एकसाथ आउनुपर्ने हुन्छ। यसैले पनि अहिलेको भ्रष्टाचार काण्डहरुबाट प्रचण्डले बचाई रहनु परेको हुन सक्छ। हुन त प्रचण्ड मात्र भ्रष्टाचारको मुद्दामा जेल जाने हैन, धेरै जना जानेछ्न्। वर्षौंदेखि पार्टी अध्यक्ष बन्ने  सपना बोकेकाहरुले मौकाको फाइदा उठाउन सक्छन् । त्यसैले पुरानाहरुलाई अहिले निकै गार्‍हो अवस्था छ।

भारत र चीनले अहिलेका पार्टिहरुलाई फुटाउन बाहेक अरु बाटो अपाउन सक्छन् । यसरी हेर्दै जाने हो भने देश भित्र पनि दुई खेमा सृजना हुन सक्छ। भुराजनिती नबुझी यो व्यवस्था ठिक भन्नेहरु, पश्चिमी आदर्शलाई ठिक मान्नेहरु र नुन खाएकाहरु एकठाउँमा आउने प्रबल सम्भावना हुन्छ। पुराना नेताहरुले यो अवस्थामा आन्तरिक अन्य शक्तिको सहारा लिन बाध्य हुन्छन्। छिमेकिहरुले यो मेलमिलापमा प्रमुख भुमिका खेल्न सक्ने अवस्था आउँछ।

यो सबै अवस्था सृजना भइरहदा, आर्थिक मन्दिले गर्दा समाजमा अर्को समस्या सुरु हुन्छ। अहिलेकै अवस्थालाई हेर्ने हो ब्यापार व्यवसाय अस्तव्यस्त अवस्थामा छ। दशैँको खर्च, मसान्तको आर्थिक भार, सरकारी कर बुझाउनु पर्ने तर, ब्यापार ठप्प छ। युवा पलायन भएको भयइ छन्। भद्रगोल अवस्थामा देश पुगेको छ। विश्वमा नयाँ ध्रुवीकरण सुरु भएको संकेत आइसकेको छ। यी सबै अवस्थालाई हेर्ने हो भने आगामी दिनमा निकै राजनैतिक उथलपुथल हुने सम्भावनाहरु देखिन्छ।

प्रकाशित मिति : २०८० असोज ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस