गजल
ए सरकार सक्छौ भने दुर्गम भेगमा स्कुल पुर्यायर देखाउ
भिरपाखा डाडामा गरिबलाई सक्दो चामल पुर्यायर देखाउ
कुरा त गर्छौ देसलाइ सुखी नेपाली समृद्ध नेपाल बनाउने
आमा बाबा नभयका टुहुराहरुलाइ चप्पल पुर्यायर देखाउ
ठुला मान्छे बिरामी पर्दा उपचार गर्न नि ठुलै देस जाने रे
मानवता भय साधारण खाने जीवन जल पुर्यायर देखाउ
महङी बढेर नि खानलाइ रित्तो जिन्दगी बेहाल बेहाल छ
सक्छौउ भने हामिलाइ रेल हैन खाने तेल पुर्यायर देखाउ
सानो झुपडी थियो गाउँमा तेहि पनि बर्खे बाढिले लग्यो
दया भय तिमरी बुढी आमालाइ त्रिपाल पुर्यायर देखाउ
ज्योतिका ओलि (रुकुम पश्चिम् )
प्रकाशित मिति : २०८० साउन १० गते बुधवार