रोल्पाका एक वडा अध्यक्षले बिरुवा रोपेर मनाए आफ्नोे जन्मदिन

रोल्पा.

रोल्पाको परिवर्तन गाउँपालिका(५ राङ्कोटका वडा अध्यक्ष दिल बहादुर वलीले आफ्नो जन्मदिन मनाउनु भएको छ।वडा अध्यक्ष वली आइतबार देखि पचास बर्षमा प्रवेश गर्नु भएको हो।

सोही आफ्नो जन्मदिनको अवसरमा वडा अध्यक्ष वलीले पाँच वटा धुपीसल्लाको बिरुवा रोपेर मनाउनु भएको बताइएको छ। परिवर्तन गाउँपालिका ५ राङ्कोट सानो गोरीचौरमा रहेको वडा कार्यालयको गेड अगाडि दुईवटा धुपीसल्ला रोप्नु भएको छ भने त्यहीँ वडा कार्यालय नजिकै रहेको स्वास्थ्य चौकी राङ्कोटको प्राङ्गण अगाडि पनि दुईवटा धुपीसल्ला रोप्नु भएको छ र एउटा धुपीसल्लाको बिरुवा आफ्नो घरको अगाडि रोप्नु भएको वडा कार्यालयले जानकारी दिएको छ।

अहिले गाउँ घरमा पनि केक काँट्ने र ठूलाठूला पाटी प्यालेसमा गएर फजुल खर्च गर्ने गरेकोले त्यस्ता देखासिकी गर्ने कार्यलाई निरुत्साहित गर्ने उद्देश्यले आफ्नो जन्मदिनको अवसर पारेर आफूले बिरुवा रोपेर आफ्नो जन्मदिन मनाएको वडा अध्यक्ष दिल बहादुर वलीको भनाइ रहेको छ।

अध्यक्ष वलीले भन्नुभयोूअहिले समाजमा के छ भन्दा ठूला नेता देखि आम नागरिकमा केक काँट्नु पर्छ,पाटी प्यालेसमा गएर मनाउनु पर्छ र ब्रडे पाटी गर्नुपर्छ भन्ने बुझ्ने र गर्ने गरेकोूसमेत बताए।साथै यस्ता अरुको देखावटी कार्यलाई सबैले निरुत्साहित गर्नु अहिले आवश्यकता रहेको वलीको भनाइ रहेको छ।

प्रकाशित मिति : २०७९ चैत्र २० गते सोमवार
प्रतिक्रिया दिनुहोस