नेपाल संगीत उधोग संघको “२२ औं साधारण सभा – २०७९” – नयाँ कार्य समिती चयन

काठमाडौं,

नेपाल संगीत उधोग संघको “२२ औं वार्षिक साधारण सभा – २०७९” सम्पन्न भएको छ । यस कार्यक्रममा सोही संस्थाका अध्यक्ष सुर्य बहादुर मगरको अध्यक्षता रहेको थियो भने प्रतिनिधी सभा सदस्य माननीय पुर्ण बहादुर तामाङ (कान्छाराम) को प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा समाजसेबी, संगीत ब्यवसायी, चलचित्र ब्यसायी, पत्रकार, बिभिन्न पेशाका ब्यवसायी, कलाकार लगायत अन्य ब्यक्तिहरुको उपस्थिती रहेको थियो । नेपाल संगीत उधोग संघको “२२ औं वार्षिक साधारण सभा – २०७९” को अवसरमा बिभिन्न स्रष्टा सर्जक, नेपाल संगीत उधोग संघका नयाँ आजिवन सदस्य, शुभचिन्तक र नव निर्वाचित कार्य समितीलाई सम्मान गरिएको थियो ।

नेपाल संगीत उधोग संघको “२२ औं साधारण सभा – २०७९” मा सुर्य बहादुर मगरको अध्यक्षतामा नयाँ कार्य समिती चयन भएको छ । यस पटक पनि सुर्य बहादुर मगर अध्यक्षमा पुनः निर्वाचित भएका छन् । सुर्य बहादुर मगरको अध्यक्षतामा नयाँ कार्य समिती चयन भएको नामावली यस प्रकार रहेको छ ।

अध्यक्षः सुर्य बहादुर मगर
उपाध्यक्षः मेघराज मगराती
महासचिवः जित बहादुर रावत
सचिवः सुनिल लामिछाने
कोषाध्यक्ष ललित केसी
सदस्यहरुः
खगेन्द्र यक्सो
रुकमान लिम्बु
लक्ष्मी रेग्मी
खुसी थुलुङ
दिप सागर थापा
कृष्ण गैरे

नेपाल संगीत उधोग संघको “२२ औं वार्षिक साधारण सभा – २०७९” बाट निर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई एबं सफल कार्यकालको शुभकामना ।

प्रकाशित मिति : २०७९ पुष २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस