काठमाडौं,
दोलखामा १० वटा मतदान केन्द्रहरूमा मतदान सुरु भएको छ। गत १२ मंसिरमा बसेको जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले आज पुनः मतदान गराउने निर्णय गरेको थियो। मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार अहिले मतदान कार्य सुरु भएको छ।
दोलखाका वैतेश्वर गाउँपालिका र तामाकोशी गाउँपालिकाका १० मतदान केन्द्रमा पुनः मतदान हुन लागेको हो।
दोलखाका १० वटा केन्द्रमा धाँदली भएको निष्कर्ष निर्वाचन आयोगले निकालेपछि ती केन्द्रहरुमा पुनः मतदान गराउने निर्णय गरेको थियो।
प्रकाशित मिति : २०७९ मङ्सिर १५ गते बिहिवार