बाजुरामा मतपेटिकामा आगजनी – मतदान स्थगित

काठमान्डौं,

बाजुराको एक मतदान केन्द्रमा मतपेटीकामा आगजनी भएको छ । स्वामिकार्तिक खापर गाउँपालिकाका–१ मा रहेको भगवती आधारभूत विद्यालय मतदान केन्द्रमा मतपेटिकामा आगजनी गरिएको हो ।

आगजनी कसले गरेको भन्ने अन्योल रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख सूर्य थापाले बताए । उनका अनुसार आगजनी गर्नेको खोजी भइ रहेको छ । मतपेटीकामा अगजनी भएपछि निर्वाचन स्थगित भएको छ ।

प्रदेशसभाअन्तर्गत समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएको हो ।

प्रकाशित मिति : २०७९ मङ्सिर ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस