हिजो माओवादी र कांग्रेसको बाटो फरक भएपनि आज दुबै पार्टीको मिलन बिन्दु एउटै भएको छ – अमरसिंह पुन

काठमान्डौं।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति एवं बाम लोकतान्त्रिक गठबन्धन रोल्पा क्षेत्र नं.२ (ख) का प्रदेश सभाका प्रत्यक्ष साँझा उम्मेदवार अमरसिंह पुनले हिजोको राजनीतिक परिस्थिति फरक भएको बताएका छन् । निर्वाचन परिचालन समिति रुन्टिगढी गाउँपालिकाले होलेरीमा आयोजना गरेको लोकतान्त्रिक बाम गठबन्धनका सबै दलहरूको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमको विशिष्ट अतिथि रहेका पुनले सो कुरा बताएका हुन् ।

हिजो माओवादी फरक बाटोबाट हिडेको र कांग्रेस पनि फरक बाट हिडेको बताउदै दुबै पार्टीको मिलन बिन्दु एउटै भएको उनले बताए । उनले राष्ट्रिय राजनीतिक विषय, देशको परिवर्तनका लागि पनि एजेन्डा एउटै जस्तो भएको समेत बताए ।

संविधान निर्माण, बृहत शान्ति सम्झौता र ब्राह बुँदे शान्ति प्रक्रिया टुंग्याउने काम पनि नेपाली कांग्रेस र माओवादीको नेतृत्वमा भएको उनको दावी छ ।

हिजो परिवर्तनका लागि लडेका केही एजेन्डा अझै पनि नटुंगीएको र त्यसलाई टंग्याउनको लागि पनि लोकतान्त्रिक बाम गठबन्धनले जित्नुपर्ने उनको भनाई छ ।

‘संविधान लेख्नु थियो त्यो पनि गर्यौं हामीले शान्ति प्रक्रियामा गएपछि सेना समायोजन गर्नु थियो त्यो पनि गर्यौं अब बाँकी रहेको वेपत्ता पारिएकाहरुको लागि सत्ते मेलमिलाप आयोग स्थापना भए पनि अझै काम पूरा भएको छैन ।’ पुनले भने । आफूहरूको गठबन्धन कुनै स्वार्थ नभइकन मित्रवत भएको समेत बताए ।

आफू सत्तामा नभए पनि रोल्पाको विकासका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले काम गर्दै आएको उनको भनाई छ । यो स्वर्णिम अवसर भएकोले जित्नु मात्र ठूलो कुरा होइन रोल्पाका समृद्धि र विकासका लागि मात्र नभएर समग्र लुम्बिनी प्रदेशकै विकासका लागि काम गर्नको लागि एजेन्डाहरु अगाडि बढ्ने उनले बताए ।

सकारात्मक बुझाइका साथै आफ्नो इष्टमित्र, छरछिमेक र नाता गोतालाई अमुल्य भोट दिएर बर्षमान पुन, जोख बहादुर महरा र अमरसिंह पुन लगायत समानुपातिकका सबै उम्मेदवारहरुलाई रोल्पाली जनताले अत्याधिक मतले बिजय गराउन समेत उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७९ कार्तिक २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस