परिवर्तनकारी शक्तिहरुको गठबन्धन भएको हो : अमरसिंह पुन

काठमान्डौं,

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति एवं बाम लोकतान्त्रिक गठबन्धन रोल्पा क्षेत्र नं.२ (ख) का प्रदेश सभाका प्रत्यक्ष साँझा उम्मेदवार अमरसिंह पुनले परिवर्तनकारी शक्तिहरुको गठबन्धन भएको बताएका छन् ।

निर्वाचन परिचालन समिति त्रिणेवी गाउँपालिका–२ त्रिवेणी रोल्पाले आयोजना गरेको मतदाताहरुसँग भेटघाट कार्यक्रमको प्रमुख अतिथीको रूपमा बोल्दै पुनले सो कुरा बताएका हुन् । रोल्पाबाट धेरै संघर्ष र दुख पाएका परिवर्तनकारी शक्तिहरु एक भएको उनको भनाई छ ।

देशलाई अग्रगमन तिर लग्नुको साटो प्रतिगमन तिर लैजाने शक्ति विरुद्ध आफूहरू एक ठाउँमा उभिएको उनले दावी गरे । ‘मैले पनि रोल्पामा दुख भोगेको हुँ भारत जाने भनेर नाका पुगेको थिए ।

मलाई सोध्यो घर कहाँ हो भन्दा मैले रोल्पा भने त पनि माओवादी त होलास भनेर नेपाली सेनाले पिटेको थियो ।’ उनले भन, ‘हिजोको त्यो दिन सम्झदा आज जस्तै लाग्छ । हामी देशको परिवर्तनकारी शक्ति हौँ ।

हामी संविधानको रक्षाका लागि हो, राजनीतिक स्थायीत्वका लागि हो, रोल्पाको विकास र समृद्धिकालागि हाम्रो गठबन्धन हो । तपाईं माओवादी हो तपाईं नै कांग्रेस हो ।’ आफूहरूले पाँच बर्षको लागि मात्र नभएर दसबर्ष पछी सम्मनै गठबन्धन हुने बताए ।

मङ्सिर ४ मा हुने निर्वाचनमा ढुक्कसँग आफ्नो मतदान केन्द्रमा गएर आफ्नो अमुल्य मत दिएर बाम लोकतान्त्रिक गठबन्धनलाई बिजय गराउन पुनले सबै मतदाता समक्ष अपिल गरेका छन् ।

प्रकाशित मिति : २०७९ कार्तिक २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस