डेंगीका कारण देशभर २९ जनाको मृत्यु

काठमाडौं ।

डेंगीका कारण देशभर  हालसम्म २९ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार संक्रमितको संख्या २ हजार ९ सय ८८ पुगेको हो।

देशभर संक्रमितको संख्या भने २२ हजार नाघेको छ ।  संक्रमित मध्ये सबैभन्दा बढी काठमाडौंमा रहेका छन् ।

काठमाडौंमा ७ हजार ३८० पुगे सँगै काठमाडौंले संक्रमितको संख्यामा ललितपुरलाई उछिनेको छ। ललितपुरमा ५ हजार ५८५, मकवानपुरमा २ हजार १३५, दाङमा २ हजार २७८ र भक्तपुरमा १ हजार ५० मा संक्रमण पुष्टि भएको छ।

महाशाखाका अनुसार १० जिल्लामा मात्रै १९ हजार ७ सय २७ डेंगीबाट संक्रमित भएका छन्।   हाल प्रदेश १ मा ५ सय ९१, मधेसमा ३ सय २३, वाग्मतीमा १७ हजार ७ सय ३१, गण्डकीमा ५ सय १५, लुम्बिनीमा २ हजार ८ सय २१, कर्णालीमा ३ सय ३० र सुदूरपश्चिममा ७ सय ७७ जनामा डेंगी भेटिएको हो।

डेंगीबाट मृत्यु हुनेको संख्यामा वृद्धि भइरहेको छ। यसबाट २९ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ। देशभर डेंगी संक्रमण बढ्दोक्रममा रहेपछि महाशाखाले राष्ट्रव्यापी प्रकोप घोषणका गर्न सरकारलाई पत्राचार गरिसकेको छ ।

प्रकाशित मिति : २०७९ असोज ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस