दुबईमा गुल्मीका युवाले जिते झण्डै ३५ करोड बराबरको नेपाली रुपैयाँ चिट्ठा

काठमाडौं,

३५ करोड नेपाली रुपैयाँ बराबरको चिट्ठा जितेका छन् । केही वर्षदेखि दुबईमा बसेर कार सफा गर्ने काम गर्दै आएका गुल्मीका ३१ वर्षीय भरत विश्वकर्माले यूएईको चर्चित मजुज चिट्ठामा १ करोड दिराम जितेका हुन् ।

यो चिट्ठा जित्ने भरत पहिलो नेपाली रहेका गल्फ न्युजले जनाएको छ । उनले त्यहाँ मासिक १३ सय रुपैयाँ दिराम आम्दानी गर्छन् । विश्वकर्मा सबैभन्दा कम कमाउने विजेतामध्येका एक रहेका पनि गल्फ न्युजले जनाएको छ ।

भरतले चिट्ठाबाट प्राप्त पैसाले ऋण तिर्ने र परिवारका लागि राम्रो बन्दोबस्तीको व्यवस्था गर्ने प्रतिक्रिया दिएका छन् । यूएईको दी नेशनल न्युजसँगको कुराकानीमा भरतले चिट्ठा जिते पनि कार धुने काम नछाड्ने बताएका छन् ।

प्रकाशित मिति : २०७९ असोज ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस