काठमाडौं ।
टुकुचा मिचेर संरचना बनाइएको ५८१ वटा कित्ताका जग्गा र त्यहाँ बनेका घरमा डोजर चल्ने भएको छ ।
काठमाडौं महानगरपालिकाका अनुसार चण्डोलदेखि थापाथलीसम्म टुकुचा खोला अतिक्रमण भएका ५८१ कित्ता जग्गा तथा त्यहाँका घरमा डोजर चल्ने भएको हो ।
शहरी विकास मन्त्रालयले तयार पारेको टुकुचा खोला करिडोर व्यवस्थापनसम्बन्धी प्रतिवेदनलाई काठमाडौं महानगरपालिकाले स्वीकार गर्दै सोही योजना अनुसार टुकुचा खोला करिडोर बनाउन लागेको हो ।
त्यसका लागि बिहीबारदेखि महानगरपालिकाले टुकुचा खोला मिचिएको जय नेपाल हलबाट उत्खनन् सुरु गरेको छ ।
महानगरपालिकाले बिहीबार हात्तीसारमा रहेको जय नेपाल फिल्म हलको कम्पाउण्डभित्र डोजर लगाएर टुकुचा खोलाको उत्खनन् सुरु गरेको हो ।
अब शनिवारदेखि फेरि हात्तीसारक्षेत्रमा छोपिएको टुकुचा खोला बाहिर निकाल्ने गरी उत्खनन् गर्न लागिएको छ ।
प्रकाशित मिति : २०७९ असोज १ गते शनिवार