दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं ।

दशैं–तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै शनिबारदेखि लामो तथा मध्यम दूरीका यात्रुवाहक बसको अग्रिम टिकट बुकिङ खुला भएको छ ।

यातायात व्यवसायीहरूको संस्था राष्ट्रिय यातायात व्यवसायी महासंघका अनुसार आजरदेखि अग्रिम टिकट बुकिङ खुला भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक विभाग र यातायात व्यवसायीहरूको यही भदौ २२ गतेको बैठकले असोज १ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०७९ असोज १ गते शनिवार
प्रतिक्रिया दिनुहोस