राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि रोल्पाका ८१ विद्यालय छनोट

काठमाडौं ।

शिक्षा मन्त्रालयले रोल्पा जिल्लाका ८१ विद्यालयलाई शैक्षिक सुधार कार्यक्रमका लागि छनोट गरेको छ । रोल्पाबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि तथा पुर्व मन्त्री बर्षमान पुनको पहलमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत रोल्पा जिल्लाबाट ८१ वटा विद्यालयहरु छनोट भएका हुन् ।

शिक्षा मन्त्रालयले निकालेको सूचना अनुसार १ सय ८६ विद्यालले माग गरेकोमा ८१ विद्यालय छनोट भएको नेता पुनको सचिवालयले जानकारी दिएको छ ।

सुधार कार्यक्रम अन्तरगत ४ कोठे भवनका लागि प्रत्येक विद्यालयले ५० लाख पाउनेछन् । २ कोठे भवनका लागि २५ लाख, सुचना प्रविधिका लागि प्रति विद्यालयलाई ६ लाख ५० हजारका दरले बजेट परेको छ ।

यो कार्यक्रम स्थानीय पालिकाहरु मार्फत कार्यान्वयन हुने छ ।

यी हुन् छनोट भएका विद्यालयहरुः

प्रकाशित मिति : २०७९ भाद्र ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस