काठमाडौं,
बर्दियामा गोठालो गएका एक जनाको बाघको आक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको मधुवन नगरपालिका २, अमरपुरका ६१ वर्षीय झुठारी थारु रहेका छन्।
आइतबार भैसी चराउन जङ्गल गएका उनी राती घर नफर्किए पछि आज बिहानैदेखि खोजतलास गरिएको थियो। बिहान पौने ९ बजे थारुको दुई वटा खुट्टा, छाता र चप्पल भेटिएको मधुवन नगरपालिकाका मेयर तेजबहादुर भाटले बताए ।
घर नजिकको कुसमानीया सामुदायिक वनमा थारुको शरीरका अंग भेटिएको हो। त्यहाँ नजिक बाघको पाइला देखिएको स्थानीयले बताएका छन् ।
केही महिना मधुवनमै बाघले मान्छे खाएपछि स्थानीयले ठूलो आन्दोलन गरेका थिए ।