
काठमाडौं । बलात्कारको अभियोगम लागेका अभिनेता पल शाहलाई जिल्ला अदालत पूर्वी नवलपरासीले २ वर्ष ६ महिना कैद सजाय गरेको छ । त्यस्तै शाहसँग १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत पूर्वी नवलपरासीका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले शाहलाई उक्त फैसला सुनाएको हो । अभिनेता शाहका पक्षबाट ६ जना अधिवक्ताले बहस गरेका थिए ।
मुलुकी अपराध संहिता २०७४ अनुसार शाहले बाल यौन दुरुपयोग गरेको ठहर गरेको हो । बलात्कार मुद्दामा भने उनले सफाइ पाएका छन् ।
बलात्कार गरेको अभियोग लगाएकी किशोरीले अदालतसमक्ष बयान फेरेर उनले बलात्कार नगरेको भन्दै बयानसमेत फेरेकी थिइन् ।
त्यही बयानलाई आधार मानेर अदालतले शाहले बालयौन दुरुपयोग गरेको ठहर गरेको हो ।
प्रकाशित मिति : २०७९ भाद्र २१ गते मङ्गलवार