काठमाडौं । भारतीय सेना प्रमुख जनरल मनोज पाण्डे आज नेपाल भ्रमणका लागि आउँदैछन्।
आज आइतबार (भदौ १९) देखि २३ सम्म भारतीय सेनापति नेपाल भ्रमणमा रहने छन्। भारतीय प्रधानसेनापति पाण्डे नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदवी लिन आउन लागेका हुन् नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा उनी अपरान्ह काठमाडौं आइपुग्ने बताइएको छ।
पाण्डेको आसन्न भ्रमणमा नेपालले राख्ने एजेन्डाबारे परराष्ट्र, रक्षा मन्त्रालय र नेपाली सेनाबीच छलफल चलिरहेको छ। भारतीय प्रधानसेनापति पाण्डेको भ्रमणमा नेपाली पक्षले हतियार र सैन्य सामग्री किनेबापत अहिलेसम्म भारतलाई तिर्नुपर्ने करिब चार अर्ब रुपैयाँ बक्यौताको विषय पनि उठाउने तयारी गरेको छ।
प्रकाशित मिति : २०७९ भाद्र १९ गते आइतवार