
काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनभित्र प्रदेश र क्षेत्रसहित एकैपटक टुंगो लगाउनेगरी सहमति भएको बताएका छन् ।
सुर्खेत विमानस्थलमा संचारकर्मीसँगको अन्तरक्रियामा बोल्दै प्रचण्डले सो कुरा बताएका हुन्। उनका अनुसार संख्यामात्र नभई प्रदेश र क्षेत्र समेत एकैपटक टुंगोमा पुर्याउनेगरी अघि बढिएको छ ।
‘हिजो अबेरसम्म बसेर हामीले गठबन्धनमा संख्या सहमतिको सहमतिको नजिक पुर्याएर अब एकैपटक प्रदेश र क्षेत्रपनि टुंग्याउनेगरी आज दिनभरी काम गरिँदैछ, प्रचण्डले भने, ‘आजको काम सकिएपछि भोलि बसेर क्षेत्र, प्रदेशस समेत सबै कुरालाई समग्रमा टुंग्याउने भनेर उठेका छौं।’
सिट बाँडफाँटको विषयमा सत्तारुढ गठबन्धनभित्र कुनै असहमति नभएको दाबी गरेका छन्। ‘असहमति छैन। प्रभावकारी कसरी बनाउने भन्नेतिर नै छलफल केन्द्रीत छ।’ प्रचण्डले भने।
प्रकाशित मिति : २०७९ भाद्र १७ गते शुक्रवार