अनुसन्धानपछि फर्कियाे तालिम प्राप्त कुकुर सहितको टाेलि – राेल्पा दम्पती हत्या प्रकरण

मंगलबार राति माडी गाँउपालिकामा वडा न. -३ तालाबाङमा बस्दै आएका परिवर्तन गाउँपालिका वडा न.-२, कुन्वाङ राङसी घर भएका करिब २७ वर्षीय दुर्गाबहादुर पुन र उनको श्रीमती करिब ३७ वर्षीया पार्बती पुनकाे धारिलाे हतियार प्रहार गरि हत्या भएको थियाे। घटनाबारे बुधबार दिउँसो प्रहरीलाई जानकारी आएपछि घटनाको अनुसन्धानकाे लागि घटनास्थलमै पुगेका जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक विनाेद घिमिरेले लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट थप अनुसन्धान लागि अधिकृत माग गरेपछि प्रदेश प्रहरी कार्यालयले दाङले कोहरपुरबाट तालिम प्राप्त कुकुर सहितको अनुसन्धान टाेलि खटाएकाे थियाे।

काेहलपुरबाट बुधबार राति हिडेकाे अनुसन्धान अधिकृतकाे टाेलि सहित तालिम प्राप्त कुकुर बिहीबार बिहान घटनास्थलमा आएर अनुसन्धान गरेकाे हाे। उक्त तालिम प्राप्त कुकुरले हत्या भएको स्थान वरपरकाे मात्रै संकेत गरेकाे छ। तालिम प्राप्त कुकुरबाट अहिलेलाई अनुसन्धान सकिएकाे उक्त कुकुर सहितकाे अनुसन्धान टाेलिले अनुसन्धान रिपोर्ट तयार गरेपछि मात्रै के परिणाम आउँछ भन्ने एकिन हुने जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले बताए।

अहिले तालिम प्राप्त कुकुर सहित आएकाे अनुसन्धान टाेलिले आफ्नाे काम गरिसकेको छ, अब त्यसकाे रिपोर्ट तयार गरेर बुझाउँछ, र कुकुर सहितकाे टाेलि काेहलपुर फर्किएको छ प्रहरी निरीक्षक भुसालले भने।

अब अनुसन्धान टाेलि फर्किएपछि मृतक दुवै जनाकाे शव पोष्टमार्टमको लागि मृतक परिवारकाे तर्फबाट दुर्गाबहादुरकाे काकाको छोरा बल बहादुर पुनको राेहबरमा जिल्ला अस्पताल रेउघा ल्याइएको प्रहरी निरीक्षक भुसालले बताए।

गत ४ वर्ष देखि घरबाट गएका मृतक दुर्गाबहादुर काठमाडौँ इटाभट्टामा काम गर्न गएपछि उतैबाट पार्वतीलाई विवाह गरेर ल्याएकाे र पार्वतीकाे स्थायी घर खाेटाङ जिल्ला भन्ने अपुष्ट थाहा भएको भएपनि उनकाे कुनै आधार प्रमाण अहिलेसम्म दुर्गाबहादुरकाे घरपरिवार बेखबर छ। उक्त दम्पती काठमाडौबाट फर्किएपछि राेल्पा आएर माडी गाउँपालिका -३ तालाबाङका जयलाल डाँगीको घरमा मजदुरी गर्दै आएका थिए।

प्रकाशित मिति : २०७९ भाद्र १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस