पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन । वर्षाका कारण पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान साढे २ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । बाटो बन्द भएपछि सवारी साधन र त्यसमा सवार यात्रुहरु अलपत्र परेका छन् ।

पहिरो हटाएर सडक खुलाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस