काठमाडौंमा नेपाल बन्दको प्रभाव न्युन

काठमाडौ । काठमाडौं उपत्यकामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दको प्रभाव परेको छैन । सार्वजनिक तथा निजी सवारी साधनहरु सडकमा गुडिरहेका छन् ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर उल्टै आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको, एमसीसी, महंगी र राष्ट्रघाती सन्धी सम्झौताविरुद्ध विप्लव नेतृत्वको नेकपासहितका चार दलले बन्दको आव्हान गरेका हुन् ।

प्रकाशित मिति : २०७९ भाद्र ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस