काठमाडौं । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।
बाँकेमा केन्द्रविन्दु भएर राति १ः२८ बजे ४ दशमलब ८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का पश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।
प्रकाशित मिति : २०७९ भाद्र ४ गते शनिवार