पहिरोले डोजर पुर्दा एक जनाको मृत्यु

काठमाडौं । डोल्पामा पहिरोले डोजर पुर्दा एक जनाको मृत्यु भएको छ ।

आइतबार बिहान त्रिपुरा सुन्दरी नगरपालिका वडा नं. ३ मा बाटो खनिरहेको बेलामा माथिबाट पहिरो खसेर डोजर पुरेको हो ।

मृत्यु हुनेमा डोजर चालक बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ राझा मोहोनपुर घर भएका ३२ वर्षीय सुरज बसाल मगर रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ साउन २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस