
काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय तथा प्रदेश सभा सदस्य निर्वाचनको कार्यतालिका तयार पारेको छ। निर्वाचन आयोगका अनुसार असोज २३ गते प्रत्यक्षतर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको उमेदवारी दर्ता हुनेछ।
त्यस्तै असोज ११ गते निर्वाचन अधिकृत नियुक्ति गरिनेछ भने असोज २१ गते कार्यालय स्थापना गरिने छ। अन्तिम नामावली प्रकाशन असोज २६ गते हुने आयोगले जानकारी दिएको छ।
समानुपातिक तर्फको बन्द सूची पेस गर्ने कार्यतालिका भने असोज २ र ३ गतेका लागि तय गरिएको छ। असोज २८ गतेदेखि मतपत्र छपाइ सुरु हुने छ।
मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छाप्नेछ। आयोगका अनुसार मङ्सिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ।
मङ्सिर ४ गते बिहान सात बजेदेखि पाँच बजेसम्म मतदान हुनेछ।
प्रकाशित मिति : २०७९ साउन २४ गते मङ्गलवार