प्रधानन्यायाधीसमाथिको महाअभियोग प्रस्ताव समितिमा पठाउने प्रस्ताव बहुमतले पारित

काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबरामाथिको महाअभियोग प्रस्ताव महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव बहुमतले पारित भएको छ ।

 

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले आफ्नो धारणा राखिसकेपछि प्रस्ताव समितिमा पठाउनका लागि सभामुख अग्नीप्रसाद सापकोटाले प्रस्ताव प्रस्तुत गरेकामा बहुमतले पारित भएको हो ।

अर्को बैठक साउन २४ गते बिहान ११ बजे बस्ने गरि सभामुख सापकोटाले संसद स्थगित गरेका छन् ।

प्रकाशित मिति : २०७९ साउन २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस