जापान भ्रमणमा प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान पुगेका छन् ।

पाँचदिने भ्रमणका लागि जापान जानुभएका अध्यक्ष प्रचण्ड टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नेपाली जनप्रगतिशिल मञ्च जापानको निमन्त्रणामा सचिवालय टोलीसहित प्रचण्ड राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानबाट शुक्रबार राति त्यसतर्फ प्रस्थान गरेका थिए ।

विमानस्थलमा जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुबेदी, जनप्रगतिशील मञ्च, जापानका पदाधिकारीसहित प्रवासी नेपालीले अध्यक्ष प्रचण्डलाई भव्य स्वागत गरे ।

विमानस्थलमा पत्रकारहरुसँग बोल्दै अध्यक्ष प्रचण्डले आफ्नो जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेसँग भेट्न सपना पुरा हुन नसकेको बताए । आबेलाई भेटेर नेपाल र जापानको सम्बन्धलाई अर्को हाइटमा कसरी लाने भन्ने आफ्नो इच्छा भएको तर पुरा हुन नपाएको बताए ।

प्रचण्ड साउन २१ गतेदेखि २५ गतेसम्म जापान भ्रमणमा रहनेछन् । प्रचण्ड साउन २५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २०७९ साउन २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस