परिवर्तन गाउँपालिकाको कार्यालय अगाडि बृहत् प्रदर्शन

रोल्पा । जिल्लाको परिवर्तन गाउँपालिकाको कार्यालय अगाडि बृहत् प्रदर्शन भएको छ । बुधबार परिवर्तन गाउँपालिका–३(साबिकको ईरिबाङ गाविसको ९ नं वडामा) रहेको जनता माद्यामिक विद्यालय बागमाराको आयोजनामा अवैधानिक रूपमा शाखा विद्यालय सञ्चालन गरिएका विद्यालय विरुद्ध अभिभावक, विद्यालयका शिक्षक, विभिन्न राजनीतिक दल र विद्यालय व्यवस्थापन समितिले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् ।

शिक्षा नियमावली ऐन विपरीत नेपाल राष्ट्रिय मावि थप प्राविधिक तथा व्यवसायीक विद्यालय परिवर्तन गाउँपालिका ५ राङ्कोट मौलाबोटले जनता माद्यामिक विद्यालय बागमाराको क्षेत्राअधिकार भित्र पर्ने स्थानमा शाखा विद्यालय स्थापना गरि सञ्चालन गर्दा नजिकैको जनता माविलाई विद्यार्थीको संख्यामा कमी आएको हो । सोही विद्यालयले बुधबार गाउँपालिकाको अगाडि बृहत् आन्दोलन कार्यक्रम सम्पन्न गरेको छ ।

बृहत् आन्दोलनमा सहभागी अभिभावक, विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा संयुक्त राजनीतिक दलले ‘अवैधानिक रूपमा सञ्चालन भएको विद्यालय बन्द गर, राजनैतिक आधारमा विद्यालयमा गरिने भेदभाव अन्त्य गर, सम्पूर्ण विद्यालयप्रति समान व्यवहार गर, नमूना विद्यालयको दादागिरी बन्द गर, हामीलाई निर्णय छिटो देउ, सक्दैनौं भने राजीनामा देउ, शिक्षामा भएको व्यापारीकरण बन्द गर’ लगाएतका नारा, पम्पलेट तथा ब्यानर बोकेर आन्दोलन गरेका हुन ।

जनता माद्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर केसीको अध्यक्षमा भएको आन्दोलनमा संयुक्त राजनीतिक दलको समेत सहभागिता रहेको थियो । जसमा परिवर्तन गाउँपालिका ३ का नेपाली कांग्रेसका सभापति दिपेन्द्र कुमार थापा, नेकपा माओवादी केन्द्रका कल्पना बिष्ट, नेकपा एमालेका हुकुम डाँगी, नेपाल कम्युनिष्ट पार्टीका भक्त बहादुर रिजाल, परिवर्तन गाउँपालिका ३ का वडा अध्यक्ष खिम विक्रम चन्द लगाएतको सहभागी रहेको थियो । आन्दोलनमा अभिभावक,शिक्षक तथा संयुक्त राजनीति दल गरी करिब ६० जनाको उपस्थिति रहेको थियो ।

नेपाल राष्ट्रिय मावि थप प्राविधिक तथा व्यवसायीक विद्यालय मौलाबोटले वि.सं.२०७५ सालमा प्राविधिक शिक्षा सञ्चालन गर्छु भनेर बागमाराको भैसीकोट भन्ने ठाउँमा शाखा स्थापना गरेको थियो । तर वि.सं.२०७६ साल देखि शाखा बाट पढाउन सुरु गरी क्रमश साधारण तर्फ कक्षा १ देखि कक्षा १० सम्म पढाई सुरु भइरहेको स्रोतले बताएको छ । उक्त ठाउँमा शाखा स्थापना नहुदै प्राविधिक धारको पढाई सञ्चालन गर्ने भन्दा त्यहाँका अभिभावक सहमति भएको र अहिले त्यहीँ शाखामा साधारण कक्षा र प्राविधिक धार सञ्चालन गर्दा नजिकैको विद्यालयमा विद्यार्थीको अभाव भएको जनता माविका एक शिक्षकले जानकारी दिए । अहिले उक्त शाखा स्थापना भएको विद्यालयले दुई वटा बस समेत सञ्चालन गरिरहेको छ ।

जनता माद्यामिक विद्यालयको तर्फबाट प्रधानाध्यापक जय कुमार बुढाको नेतृत्वमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा संयुक्त राजनीतिक दलका प्रमुखले परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा मगर र परिवर्तन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज न्यौपानेलाई ६ बुद्धे ज्ञापनपत्र समेत बुझाएको छ । बुढा मगर र न्यौपानेले गाउँपालिकाको दुबै पक्ष छलफलमा बस्नुपर्ने र उक्त छलफल बाट केही निष्कर्ष आउने पालिकाको तर्फबाट बताएका थिए ।

परिवर्तन गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रममा समावेश भएअनुसार जनसमुदायको ईच्छा र चाहना सहितको सुझाव तथा सल्लाहमा परिवर्तन गाउँपालिकाको योजनामा विद्यालय समायोजनको नीति अगाडि बढाउने गाउँपालिकाले जनाएको छ ।समायोजन हुने विद्यालयको हकमा प्रा।वि।रप्रा।वि। समायोजन हुने हकमा रु.१० लाख रहेको छ भने प्रा.वि.र निमावि समायोजन हुने हकमा रु.२० लाख रहेको छ । त्यसैगरी निमाविरमावि समायोजन हुने हकमा रु.३० लाख रहेको छ भने मावीरमावि समायोजन हुने हकमा रु.५० लाख अनुदानको व्यवस्था गरेको बताइएको छ ।

प्रकाशित मिति : २०७९ साउन १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस