
काठमाडौँ । आज साउन १५ गते अर्थात खीर खाने दिन ।
मुलुकका विभिन्न स्थानमा यस दिनलाई विशेष महत्वका रुपमा खीर खाएर मनाइने गरिन्छ ।
विशेष परिकारका रूपमा पकाइने गरिएको खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा लिइन्छ । चामल, दूध, नरिवल, चिनी लगायतका अन्य चिजहरु हालेर खीर बनाउने चलन छ । खीर उच्च क्यालोरी भएको खाना हो । तपाईं पनि खीरको यो रेसिपी हेरेर घरमा खीर बनाएर ट्राई गर्न सक्नु हुन्छ।
चाहिने सामग्रीः
२ लिटर दूध
२०० ग्राम ताइचिन चामल
१÷२ कप चीनी (४ ठूलो चम्चा )
१०–१५ किशमिश
४ हरीयो इलायची
१०–१२ बदाम , टुक्रा टुक्रा पार्ने
५–१० काजु १ ठूलो चम्चा घ्यु
बनाउने विधिः
पहिले चामल राम्रो सँग पखाली २० मिनट जति भिजाउनुहोला । अब कराईमा दूध उमालनुहोस्। अब आगो सानो पारेर चामल हाल्नुहोस्। चामललाइ सानो आगोमा ४०–४५ मिनट पाक्न दिनुहोला, बेला बेला मा डाडूले चलाइराख्नु । अब इलायची, चीनी र किशमिश हाल्नुहोला। यसलाई चीनी पुरै नघुले सम्म लगातार चलाइराख्नुहोला। अब घ्यु हाल्नुहोला अनि आगो बन्द गर्दिनुहोला । सजाउन को लागि बदाम र काजु हाल्नुहोला।
चिसो बनाइँ या तातो खीर सर्व गर्नुहोला।