प्रदेशको नाम किरात–लिम्बुवान राख्न माग गर्दै विराटनगर प्रदेशसभा भवनमा प्रदर्शन

काठमान्डौं। पहिचानका आधारमा प्रदेशको नाम राख्न विराटनगरस्थित प्रदेशसभा भवनमा दिनहुँ दबाबका लागि धर्ना र प्रदर्शन भइरहेका छन् ।

मंगलबार पनि पहिचान पक्षधर किरात–लिम्बुवान संयुक्त संघर्ष समितिले प्रदर्शन गरेको छ । सांस्कृतिक पहिचान भल्कने बाजागाजा र पहिरनसहित भेला भएका प्रदर्शनकारीहरुले प्रदेशभा बैठक सुरुभएदेखि नसकिएसम्म प्रदर्शन र धर्नालाई निरन्तरता दिएका थिए ।

प्रदर्शनकारीहरुले धर्नास्थलमै धाननाच नाचेका थिए भने प्रदेशको नाम किरात–लिम्बुवान राख्न माग गर्दै नाराबाजी पनि गरेका थिए । प्रदर्शनमा बोल्ने प्राय बक्ताहरुले प्रदेश १ को भूमि ऐतिहासिक र साँस्कृतिक हिसावले किरात सभ्यतासँग जोडिएकोले प्रदेशको नाममा त्यसलाई संवोधन गर्नुपर्ने उनीहरुको माग छ ।

 

प्रकाशित मिति : २०७९ साउन १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस