काठमान्डौं,स्वर्गद्वारी नगरपालिकाको कार्यपालिकाले करारको कर्मचारीहरूको म्याद नथपेपछी अहिले यो विषय चर्चाको रुपमा रहेको छ । कार्यपालिकाके असारको अन्तिममा ३४ जना करारका कर्मचारीहरूको म्याद नथप्ने निर्णय गरेको थियो । त्यसपछि कतै सकारात्मक त कतै नकारात्मक टिप्पणी हुँदै चर्चामा आएको स्वर्गद्वारी नगरपालिका प्यूठानको स्थानीय यो निर्णयको बिरोध नेकपा एमाले स्वर्गद्वारी नगरकमिटी प्यूठानले पनि गरेको छ ।
यसै अन्तर्गत आज नेकपा एमाले स्वर्गद्वारी नगरपालिका प्यूठानले नगर प्रमुख टेक प्रसाद भण्डारीलाई एक पत्र मार्फत औपचारिक रुपमा ध्यानाकर्षण गराउदै ती कर्मचारीहरूलाई पुनः कामकाजमा फर्काउनको निमित्त दबाब दिएको छ ।
करारका कर्मचारी हटाउनु नियम विपरीत भएको भन्दै एमालेके नगरप्रमुखको ध्यानाकर्षण गराएको हो ।
नगरप्रमुखको कार्यकक्षमा पुगेर नेकपा एमाले स्वर्गद्वारी नगर कमिटीका अध्यक्ष राम प्रसाद श्रेष्ठले नगरप्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउनु भएको हो ।
यता नगरपालिकाले कार्यसम्पादन तथा आवश्यकतालाई मध्यनजर गर्दै कर्मचारीको करार म्याद नथपेको बताएको छ ।
निर्णय भएको झण्डै २ हप्ता पछि यसरी ध्यानाकर्षण गराउनुले नेकपा एमालेले आफ्ना कार्यकर्ताहरूको संरक्षण चाहेको सरोकारवालाले बताएका छन । पहिले आफ्नो सरकारको पालामा नियम विपरीत , राजनीति पहुँचको भरमा अनियमित ढंगले आफ्ना कार्यकर्तालाई विभिन्न जागिरमा भर्ना गर्ने कार्यकर्ता संरक्षण गर्ने परीपाटी अनुसार अहिले पनि एमालेले आफ्ना केही कार्यकर्ता संरक्षणको लागि यसो गर्दै आएको नगरप्रमुखले बताउनु भएको छ ।
त्यसरी राजनीति आस्था र पहुँचको भरमा नियुक्त गरिएका केही कर्मचारीहरू आफ्नो पदीय नियम विपरीत पार्टीको झण्डा बोकेर चुनावी प्रचार प्रसारमा लागि परेको राजनीति दम्भकै भरमा सेवाग्राहीलाई दुख सास्ती दिएको नियम विपरीत कार्य गर्दै हिडेको कुरालाई नेकपा एमालेले मनन गर्नु पर्ने जानकारहरूको जिकिर छ ।