
भक्तपुरको सूर्यबिनायकमा रुख ढलेर किच्दा तीन जनाको मृत्यु भएको छ ।
आइतबार दिउँसो भएको घटनामा १२ जनाभन्दा धेरै घाइते भएका छन् । केही घाइतेहरुको अवस्था गम्भीर रहेको छ ।
रुखले बस र मोटरसाइकललाई किचेको थियो । मृत्यु हुनेहरुमा बा २ ख ३५८४ नम्बरको बसमा सवार दुई जना र बा ६१ प ३९७८ नम्बरको स्कुटरमा सवार एक जना रहेका छन् ।
मृतकहरुको सनाखत हुन बाँकी रहेको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ ।
प्रकाशित मिति : २०७९ साउन ८ गते आइतवार