फर्कियो विमान खोज्न परिचालित हेलिकप्टर खोजी कार्य स्थगित

काठमाडौं,आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान खोज्न परिचालित हेलिकप्टर पोखरा र जोमसोम फर्किएको छ । खराब मौसमका कारण खोज तथा उद्धारमा परिचालित हुन नसकेपछि हेलिकोप्टर फर्किएको हो । थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचनकाअनुसार मुस्ताङको कोवाङ आसपासबाट खोजीका लागि उडान भर्न पटक-पटक प्रयास गरिएपनि बाक्लो हुस्सुका कारण खोजी कार्य सम्भव नभएपछि खोजी तथा उद्धारका लागि गएका दुई हेलिकोप्टर पोखरा र नेपाली सेनाको हेलिकप्टर जोमसोम गएको छ ।

यता नेपाली सेनाले पनि खराब मौसमका कारण आइतबार उद्धारको काम गर्न नसकिएपछि आफ्नो एम आई १७ हेलिकोप्टरलाई जोमसोममा लगेको बताएको छ । हेलिकोप्टरको माध्यमबाट आइतबारको खोज तथा उद्धार स्थगित गरिएको बताउँदै मौसम खुलेपछि सोमबार बिहानैबाट खोज तथा उद्धारमा लाग्ने सेनाले जनाएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस