पाइलटको मोबाइलमा फोन लागिरहेको छ लोकेशन लेतेमा

काठमाडौं । बिहानबाट बेपत्ता भएको तारा एयरको नाइन एन एईटी ट्विनअटर विमानको अवस्थाबारेमा अझै आधिकारीक जानकारी आउन सकेको छैन ।

मौसम खराबीका कारण जहाजको खोजी कार्यमा पनि अप्ठेरो परेको बताइएको छ । त्रिभुवन विमानस्थलकाअनुसार पाइलट प्रभाकर घिमिरेको फोन ट्रयाक् गर्दा मुस्ताङको लतेको लोकेशन देखिएको छ ।

यस्तै, पाइलट घिमिरेको फोनमा घण्टी गइरहेको पनि बताइएको छ । फोनको लोकेशनअनुरुप सेना प्रहरीलाई खोजीका लागि लेतेतर्फ पठाइएको जानकारी दिइएको छ ।

मौसम खराबीका कारण हेलिकप्टर जान नसकेपछि स्थलमार्गबाट नै सेना, प्रहरी त्यसतर्फ गइरहेको छ ।

बेपत्ता विमानमा चालकदलका सदस्यसहित २२ यात्रु सवार रहेका छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस