परिबर्तन गाउपालिकाका अध्यक्ष थमनद्धारा पदभार ग्रहण

रोल्पा जिल्ला परिबर्तन गाउपालिकाका नव निर्वाचित अध्यक्ष शुक बहादुर बुढा(थमन)ले २०७९ जेठ ६ गते शुक्रबारदेखि पाँच बर्षको लागि पदभार ग्रहण गर्नुभएको छ ।

त्यस्तै उपाध्यक्ष कलादेबी खत्रिनीले पनि सपथ ग्रहण सङ्गै पदभार ग्रहण गर्नुभएको छ ।

थमनले जिल्ला अदालत आएर सपथ ग्रहण गरे लगत्तै कार्यलयमा पुगेर परिबर्तन गाउपालिकामा नव निर्वाचित सबै जनप्रतिनिधिहरुलाई कार्यलयमै बोलाएर सपथ ग्रहण गराउनुभएको छ ।

साथै आफ्नो ५ बर्षे कार्यकाल पुरा गरेका गाउपालिका अध्यक्ष निमकान्त डागी र उपाध्यक्ष हित कुमारी बुढा मगरलाई एक कार्यक्रमका साथ बिदाई गरिएको छ ।

सम्पूर्ण जनप्रतिनिधिहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

प्रकाशित मिति : २०७९ जेष्ठ ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस