
रोल्पा,देशभर मौसम परिबर्तनका कारण साझमा धेरै हावाहुरी चल्ने र पानी पर्ने क्रम जारी छ ।
आजकाल त साझमा हावाहुरी चल्ने र पानी पर्ने त नियमित प्रकिया जस्तै भईसक्यो यस्तै क्रममा परिबर्तन गाउपालिकाका धेरै ठाउमा शुक्रबारको हावाहुरीले क्षति पुर्याएको छ ।
परिबर्तन गाउपालिकाको ग्रहमजिम भन्ने ठाउमा शुक्रबार बेलुका आएको हावाहुरीको कारणले जस्ता पाताको छाना उडाउनुको साथै पसल तथा घरहरुमा क्षति पुर्याएको छ ।
यसबाट त्यहाका स्थानीय बासीहरु चिन्तित भएका छन् । यसबारे थप बिबरण भने आउक बाकी छ ।
तपाईहरु पनि सजग रहन अनुरोध गर्दछौ प्राकृतिक बिपत्ती बाट आफु पनि बचौं र अरुलाई पनि बचाऔं
प्रकाशित मिति : २०७९ जेष्ठ ७ गते शनिवार