निर्माण व्यवसायीको चुनावमा युवा उम्मेदवारहरुको बाहुल्यता

नेपाल निर्माण व्यवसायी महासंघको २३औं वार्षिक साधारणसभामा अध्यक्ष पदको लागि पाँच जना व्यवसायी आकांक्षी देखिएका छन् । अहिलेसम्म अध्यक्ष पदमा वर्तमान अध्यक्ष रवि सिंह, पूर्वअध्यक्ष एवं सल्लाहकार रमेश शर्मा, वर्तमान वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, पूर्वमहासचिव रामशरण देउजा र नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी महासंघका अध्यक्ष हुमनाथ कोइराला आकांक्षी देखिएका हुन् ।

महासंघको निर्वाचनमा बरिष्ठ उपाध्यक्षको पदमा आडदोर्जे (ए.डी.) लामा, धीरेन्द्र दाहाल, लक्ष्मण रानाबीच प्रतिस्पर्धा हुने देखिएको छ भने एसोसियट उपाध्यक्षमा रामजी पन्त (मुकेश), भाइराजा श्रेष्ठबीच प्रतिस्पर्धा हुने देखिएको छ । महासंघको एसोसियट उपाध्यक्षमा अच्यूत खरेलको उम्मेदवारी हल्लाले चुनावको समीकरण पूरै बदलिने देखिएको छ । महासचिव पदमा रोशन दाहाल एवम् बासुदेव उप्रेतीको भिडन्त हुने चर्चा चलेको छ ।

यसैगरी उपमहासचिव (नीतिगत) मा शिवहरि घिमिरे, मंगल शाही, अशोक केसी उपमहासचिव (आन्तरिक) मा बालाजु श्रेष्ठ, नरहरि थपलिया, कोषाध्यक्षमा अमरबहादुर विष्ट, हिरन श्रेष्ठ, सहकोषाध्यक्षमा सन्तोष शाह, उज्वल गौतम, सरस्वती कार्की, मोहनकुमारी कालिकोटे, लक्ष्मी बस्नेतलगायतको नाम चर्चामा छ ।

निर्माण व्यवसायीहरुको हक हितमा बुलन्द आवाज उठाउने नेतृत्व आवश्यक रहेको व्यवसायीहरुको धारण छ । चुनावमा युवा उम्मेदवारहरुको बाहुल्य रहने देखिएको छ । दिनप्रति दिन युवा जमातले नेतृत्वको लागि आफ्नो दावी पेश गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस