अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस परिबर्तन गा.पा. ५ रोल्पामा वकतृत्वकला सहित मनाइयो

काठमान्डौ  ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस रोल्पा लगाएत विश्वभर आज विविध कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

सन् २०२२ को अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अन्तर्राष्ट्रिय नारा ‘दिगो भविष्यका लागि लैंगिक समानता’ रहेको छ । नेपालमा भने ‘सामाजिक न्याय र लैंगिक समानता दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ ।

यसै अबसरमा परिबर्तन गाउपालिका वडा नम्बर ५ राङकोट रोल्पामा पनि महिला दिवस मनाइएको छ । परिबर्तन गाउपालिका वडा नम्बर ५ राङकोटको आर्थिक सहयोगमा यो कार्यक्रम गरिएको थियो।

लैंगिक समानता’विषेक वकतृत्वकला प्रतियोगिता सहित कार्यक्रम भब्य ढंगले समपन्न भएको छ। कार्यक्रममा परिबर्तन गाउपालिका वडा नम्बर ५ राङकोटका वडा अध्यक्ष थमन बुढा मगरको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा महिला नेत्री चन्द्रकली घर्ति मगरको प्रमुख अथिति रहनु भएको थियो भने अथितिहरुमा नेकपा माओबादी केन्द्र बाट रेख बहादुर रोका मगर र नेपालि काङ्ग्रेस बाट खडक घर्ति मगरको उपस्थिति रहेको थियो।

‘दिगो भविष्यका लागि लैंगिक समानता’ को नारा लगाए पनि गाउघरमा अझै पनि महिलाले अधिकार नपाएको र राज्यले अझैपनि सोच्नु पर्ने र महिलाको लागि केहि नया कार्यक्रम लिन भन्दै धेरै महिला दिदि बहिनि हरुले स्वागत मनतब्य दिएको वडा अधक्ष्य थमन बुढा मगरले जानकारी दिनु भएको छ।

प्रकाशित मिति : २०७८ फाल्गुन २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस