
ठमाडौंको नागार्जुनमा एक परिवारले संयुक्त आत्महत्याको प्रयास गरेका छन् ।
नागार्जुन नगरपालिका-६ रामकोटमा डेरा गरि बस्दै आएका पाँच जनाको परिवाले संयुक्त रुपमा विष सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार विष सेवन गरेका ३३ वर्षीय सुवर्णमान श्रेष्ठको भने मृत्यु भएको छ भने अन्य चार जनाको अहिले उपचार भइरहेको छ । ६२ वर्षीया इन्दिरामाया प्रधान, ३८ वर्षीय भीममान प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान र ११ वर्षीया सुप्रिया प्रधानको गम्भीर अवस्थामा मनमोहन मेमोरियल अस्पताल स्वयम्भूको भेन्टिलेटरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीकाअनुसार उनीहरुले सुसाइड नोट लेखेर संयुक्त आत्महत्याको प्रयास गरेको पाइएको छ । उनीहरुले ‘हामी संयुक्त रुपमा बिदा हुँदैछौँ’ लेखेर विष पिएको पाइएको हो ।
यस्तै, उनीहरुले एक साताको दैनिकीसमेत लेखेका छन् । उनीहरुले आर्थिक संकटमा फसेपछि आत्म हत्याको प्रयास गरेको प्रहरीको अनुमान छ । थप अनुसन्धान भइरहेको छ ।