प्यूठानमा जन्ति बोकेको जिप दुर्घटना ८ जनाको मृत्यु

प्यूठानमा जिप दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । गयराती नौबहिनी गाउँपालिका ६ लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको ६ लिवाङ जाँदै गरेको जिप ओखरपाटामा दुर्घटनामा हुँदा ६ जनाको घटनास्थलमै र २ जनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउदै गर्दा मृत्यु भएको हो ।

मृत्यु हुनेमा गौमुखी गाउँपालिका ६ लिवाङका बसन्त खड्का, बसन्ता खड्का, एलीसा खड्का, केशरी खड्का, बल बहादुर बुढामगर, नन्दी खड्काको मृत्यु भएको हो । बसन्त खड्का र एलिसाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो भने अन्यको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा मृत्यु भएकी एक जना महिलाको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी देबिप्रसाद गैरेले जानकारी दिनुुभएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा दुलही रिमा जि.सी, साबित्रा जिसी, हरी बुढामगर, दान बहादुर खड्का, नरेश खड्काको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । घाइतेमध्ये गम्भिर एक जनालाई थप उपचारका लागि जिल्ला बाहिर पठाईएको छ । ग १ ज ५०९२ नम्बर को जिप दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुलेको छैन । जिप सडक देखि ३०० मिटर तल खोल्सामा खसेको थियो ।।

प्रकाशित मिति : २०७८ माघ २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस