मेचीमहाकाली उल्टो पैदल यात्रा गर्दै ऋषि परियार

तुलसीपुर ३ रानागाउँ निवासी ऋषि परियारले मेचीमहाकाली उल्टो पैदल यात्रा शुभारम्भ गर्नुभएको छ । उहाले पुर्व मेचीको पुलबाट यात्रा सुरु गर्नुभएको छ । प्रदेश सांसद झलकसिंह दर्लामी, मेची नगरपालिका ६ का वडा अध्यक्ष ललित तामाङ र डिएपि सुनिल दाहालको विशेष उपस्थितिमा एक कार्यक्रमका बिच यात्रा शुभारम्भ गरेको उहाँले बताउनुभयो ।

प्रदेश सांसद दर्लामी र वडा अध्यक्ष तामाङले सयुक्त रुपमा परियारले लगाएको मास्क खोलेर यात्रा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । परियारले कोरोनाबाट मुक्त भएर हरेक नागरिक मास्क सहित हिडडुल गर्न सकौ भन्ने सन्देश सहित मेचीमहाकाली उल्टो पैदल यात्राको सुरुवात गर्नुभएको हो ।

हातले टेकेर यस अघि विश्व रेकड गिनिज बुकमा नाम लेखाई सक्नु भएका परियारले पुर्व मेची देखि पश्चिम महाकाली सम्म उल्टो हिडेर पैदल यात्रा गर्ने लक्ष्य लिनु भएको छ । स्वास्थ्यका लागी मेचीमहाकाली उल्टो पैदल यात्रा नाराका साथ पुर्व मेचीको पुलबाट यात्राको सुरुवात गर्नुभएको छ ।।

प्रकाशित मिति : २०७८ माघ १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस