
रोल्पाको परिवर्तन गाउपालिकाले अटो सञ्चालनमा रोक लगाएपछी अटो ब्याबसायीहरु मारमा परेका छन् । रोल्पाको सदरमुकाम नजिकै अटो दुर्घटको कारण देखाउदै पालिकाले अटो चलाउनमा रोक लगाएको हो ।
अधिकांशको लाइसेन्स नभएको र लाईसेन्स नभएकाहरुले पनि अटो ब्याबसाय गरिरहेकोले पनि अटो बन्द गरिएको बताईएको छ ।
पहिलेदेखी नै लाईसेन्स बिना चलाई रहेका ब्याबसायीहरुले किस्ता तिर्न नसकेको भनेर गुनासो गरेका छन् ।
पहिले नै जानकारी नदिएको र एक्कासी ब्याबसाय नै बन्द गरिदिएको भन्दै ब्याबसायीहरु आक्रोशित भएका छन् । समस्याको सामाधान नभए आफुहरुले अटो चलाउने ब्याबसायीहरुले बताएका छन् ।
प्रकाशित मिति : २०७८ माघ ११ गते मङ्गलवार