काठमाडौ । नेपाल राहत शिक्षक केन्द्रिय कार्य समितिले शिक्षक सेवा आयोगले खोलेको बिज्ञापनमा उमेरहद हटाउन माग गरेको छ ।
उमेरहद्का कारण बिगत डेढ दशक भन्दा लामो समय देखि कर्यरत अस्थायी शिक्षेकहरुले अहिलेको परिक्षामा सामेल हुनबाट बन्चित भएको भन्दै एक विज्ञप्ती मर्मत यस्तो माग राखेको हो ।
कार्यरत शिक्षकले उमेर हद्को कारण आयोगले लिने परिक्षामा सामेल हुन नपाँउदा दुख ब्यक्त गर्दै समितिले बुधवार सम्ममा माग पुरा नभए शिक्षक सेवा आयोगमा तालाबन्दी गर्ने देखि देशभरका शिक्षक सेवा आयोगले लिने परिक्षाको केन्द्रहरु अबरोध गर्ने चेतावनी दिएको छ ।
प्रकाशित मिति : २०७८ पुष २८ गते बुधवार