कोरोना संक्रमणका कारण तुलसीपुरका तीन विद्यालय बन्द

दाङको तुलसीपुर क्षेत्रका विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरुमा दिनप्रतिदिन कोरोना संक्रमण देखा परेको छ । उनीहरुको आरटी एन्टिजेन मार्फत कोरोना परिक्षण गर्दा संक्रमण देखीएको छ ।

आज तुुलसीपुरमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तुलसीपुर मेट्रो हस्पिटलमा एक सय ४२ जनामा गरिएको कोरोना परीक्षण गर्दा गुरु जजुर उमावि रक्षाचौरमा एकजना शिक्षक, १० जना विद्यार्थी, मावि सेन्टर स्कुलमा एकजना शिक्षक, एकजना कार्यालय सहयोगी र १३ जना विद्यार्थी , जनता संस्कृत माध्यामिक विद्यालयमा १ एकजना, स्वास्थ्यकर्मी ७ जना र अन्य कन्ट्याकमा रहेका ११ जनामा कोरोना पुष्टि भएको तुलसीपुर उपमहानगरपालिका कोरोना फोकल पर्ससन बिमल केसीले जानकारी दिनुभयो ।

संक्रमण देखिएका तीन वटै विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ । केसीका अनुसार विद्यालयमा समेत संक्रमण देखिन थालेपछि अन्य विद्यालयहरु समेत बन्दको तयारी गर्न थालिएको छ । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको मेट्रो अस्पतालमा बिहान दश बजेदेखि दिउँसो तीन बजेसम्म निशुल्करुपमा कोरोना परीक्षण हुँदै आएको छ । हालसम्म तुलसीपुर उपमहानगरपालिमा ९५ हजार पाँच सय बिस जनालाई पहिलो खोप र ६९ हजार सात सय ७० जनालाई दोस्रो खोप दिइएको छ ।।

 

प्रकाशित मिति : २०७८ पुष २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस