लागुऔषध सेवन तथा कारोबार विकराल समस्या बन्दै गएको छ । खुला सिमा नाका, अभिभावकको कम निगरानी लगायतका कारण लागुऔषध कारोबार मौलाउँदै गएको देखिएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार गतवर्ष तुलसीपुरमा साउनदेखि पुस १५ सम्म लागुऔषध कारोबारमा संलग्न ७ जना पक्राउ परेकोमा यसवर्ष सोहि अवधिमा ४५ जना पक्राउ परेका छन् ।
गतवर्ष पक्राउ परेका साथबाट ५ ग्राम ९१३ मिलिग्राम ब्राउन सुगर, ३४५ नाइट्राभेट ट्याब्लेट, १११ ट्याब्लेट ट्रमाटोल र २ किलो ५८० ग्राम गाँजा बरामद गरिएको थियो ।
यसवर्ष सोहि अवधिमा इलाका प्रहरी कार्यालय तुलसीपुरले ४५ ग्राम २३० मिलिग्राम ब्राउन सुगर, ३१४ नाइट्राभेट ट्याब्लेट र ६० ग्राम गाँजा फेला पारेको छ ।
प्रकाशित मिति : २०७८ पुष २० गते मङ्गलवार