प्रधानमन्त्री देउवा धरान जाँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज (मंगलबार) बिहान धरान जाँदैछन् । ‘धरान डे’ मा सहभागी हुन प्रधानमन्त्री देउवा बिहान १० बजे हेलिकप्टरमार्फत धरान पुग्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रधानमन्त्री देउवा धरान स्थापना दिवसको अवसरमा आज पब्लिक हाइस्कूलमा हुने कार्यक्रम सहभागी हुनेछन् । उक्त दिवसको अवसरमा आज धरान उपमहानगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १ को नवनिर्मित पार्टी कार्यालय भवन पनि उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ ।

त्यसबाहेक धरान ६ पानवारीमा रहेको फोहोर प्रशोधन केन्द्र र धरान– १२ स्थित प्राविधिक शिक्षालय भवनको उद्घाटन तथा धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनामा बन्दै गरेको बसपार्कको अवलोकनको कार्यक्रम पनि तय भएको छ ।

प्रकाशित मिति : २०७८ पुष २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस